जेठ ३२, काठमाडौँ । देशमा अहिले पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव सुरु भएको छ। मनसुनी प्रणालीको प्रभावले गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ।
त्यस्तै आज बिहिबार राति कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता