बैशाख २०, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहिरहेको छ।
पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ भने गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ मौसम पुर्वानुमान छ ।
देशका केही पहाडी भू-भागमा चट्याङ्ग सहित मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै आज राति देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम खालको वर्षाको सम्भावना समेत रहेको छ।
- न्युज बहार संवाददाता