Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

आजको मौसम : देशभरको तापक्रम क्रमिक रूपमा घट्दै, हिमाली भू–भागमा हिमपात सुरु

  •   २ हप्ता अघि | ३० कार्तिक २०८०, बिहिबार

कार्तिक ३०, काठमाडौँ । मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात सुरु भएकाले चिसो बढेको छ। विभागका अनुसार आज बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ भने गण्डकी प्रदेश, वाग्मती प्रदेश र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति भने कर्णाली प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश र कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । 

  • न्युज बहार संवाददाता

थप