Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको मौसम : आंशिक देखि साधरणतया बदली रही वर्षाको सम्भावना

  •   २ वर्ष अघि | १३ जेष्ठ २०८१, आइतवार

जेठ १३, काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ  । 

आज आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी  भूभागमा आंशिक बदली देखि मौसम सफा रहने छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति पनि कोशी प्रदेश, मधेस प्रदेश र  सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा तथा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

  • न्युज बहार संवाददाता

थप