कार्तिक
१६, काठमाडौँ । मौसम पुर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक
प्रभाव रहेको छ। यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको
मौसम सामान्यतया सफा रहेको छ।
आज बिहिबार
दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा
रहनेछ भने देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का
वर्षाको सम्भावना रहेको छ। त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना
रहेको छ।
त्यस्तै महाशाखाले
आज राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ।
- न्युज बहार संवाददाता