फागुन ५, काठमाडौँ । मौसम पूर्वानुमान
महाशाखाले हाल देशमा प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आंशिक बदली रही
बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
शुक्रबार दिउँसो प्रदेश एकको उच्च पहाडी तथा
हिमाली भू भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी
भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
यसै गरी देशभर उल्लेखनीय मौसमी प्रणालीको
प्रभाव नदेखिएकोले केही दिन वर्षाको कुनै सम्भावना नरहेको महाशाखाले जनकारी दिएको छ ।