फागुन २१, काठमाडौँ । अहिले देशका विभिन्न
स्थानमा पश्चिमी
वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका
पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही रहेको छ।
आज दिउँसो गण्डकी, कोशी, र सुदूरपश्चिम प्रदेशका पहाडी
भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले
जानकारी दिएको छ भने बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा
हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। साथै सुदूरपश्चिम र
लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा दिउँसोको समयमा हावा हुरीको सम्भावना रहेकोले सचेत रहन
महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका
उच्च हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बिभागले जनाएको
छ।
- न्युज बहार संवाददाता