कार्तिक
२३, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही
बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आज बिहिबार
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया
सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडी
भूभागका एक–दुई
स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी
आज राति भने कर्णाली प्रदेश, गण्डकी प्रदेश
र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना
रहेको महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता