कात्तिक
१, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक
प्रभाव रहेको छ । यसको प्रभावले अहिले गण्डकी प्रदेश, कोशी प्रदेश
र बागमती प्रदेशको
पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । स्थानीय वायुको आंशिक प्रभावले
लुम्बिनी प्रदेश र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली
रहेको छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
आज बिहिबार
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही गण्डकी प्रदेश, सुदूरपश्चिम
प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश
र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का देखि मध्यम
वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज
राति गण्डकी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी
भूभागमा आंशिक देखि साधरणतया बदली रही तिन प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको
सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता