Breaking News
११ किलो सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश    ||     नेपाल सुपर लिगमा आज शनिबार ‘डबल हेडर’ खेल हुँदै    ||     इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु    ||     शनिबारको मौसम : तिन प्रदेशमा हिमपातको सम्भावना    ||     आज मंसिर १६ गते शनिबारको राशीफल    ||     नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?    ||     केपी ओली कपको उपाधि मधेश प्रदेशलाई    ||     पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक कार्यक्रममा मन्त्री सुदन किरातको उपस्थिति    ||     जहाजमा चढेर रात्रिकालीन अवस्थामा काठमाडौँ उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुने छ : मेयर चिरिबाबु महर्जन    ||     आज घट्यो सुनको मुल्य, कतिमा हुँदैछ करोबार?    ||    

आजको मौसम : यि चार प्रदेशमा हल्का हिमपातको सम्भावना

  •   २ हप्ता अघि | ५ मंसिर २०८०, मङ्लबार

मंसिर ५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज मंगलबार दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली  रही तिनै प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • न्युज बहार संवाददाता

थप