भदौ २३, काठमाडौँ
। अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ भने देशभर भारतको
मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको
छ।
आज शनिबार देशभर आंशिकदेखि सामान्य बदली
रही लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरू तथा
बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको
सम्भावना रहेको छ।
त्यसैगरी गण्डकी प्रदेश र बागमती प्रदेशको एक-दुई स्थानमा भारी
वर्षाको समेत सम्भावना रहेको छ। आज तराई भू-भागका थोरै स्थानहरूमा
हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता