चैत २५, काठमाडौँ । देशमा अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावले शनिबार मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जानकारी मौसम पुर्वानुमान महाशाखाले दिएको छ।
आज गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता