Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज कहाँ कहाँ पर्छ पानी ?

  •   २ वर्ष अघि | २ असार २०८१, आइतवार

असार २, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका हनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव र देशको बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले अहिले मधेस प्रदेश र कोशी प्रदेश आंशिक बदली देखि कोशी  प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र बाग्मती  प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज आइतबार दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही गण्डकी प्रदेश कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

त्यस्तै आज राति मधेस प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश लगायतका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • न्युज बहार संवाददाता

थप