फागुन १६, काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुको साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज
मंगलबार दिउँसो देशको पहाडी स्थानमा आंशिक देखि सामान्य बदली रहनेछ भने देशका
पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ त्यस्तै
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि
रहेको छ।
राति
देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा भने मौसम सामान्यतया
सफा रहनेछ। गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेशका उच्च पहाडी तथा
हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाले बताएको छ।
देशका
पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा
हिमाली भू-भागका एक-दुई स्थानमा हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता
अपनाउन महाशाखाले सम्पुर्णमा अनुरोध गरेको छ।