जेठ १०, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहिरहेको छ। पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बुधबार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ भने देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ।
त्यस्तै आज राति भने बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जानाकरी गराएको छ।
- न्युज बहार संवाददाता