साउन ३०, काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा नेपालतिर रहेको छ। यसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी आज राति गण्डकी प्रदेश, बागमती
प्रदेश र मधेस प्रदेशका केही स्थानहरूमा
तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै मधेस प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत
सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
- न्युज बहार संवाददाता