Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज शनिबारको मौसम : आंशिकदेखि साधारणतया बदली, वर्षा र हिमपात जारी

  •   २ वर्ष अघि | १० चैत्र २०८०, शनिबार

चैत १०, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल नेपालमा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यसको प्रभावले शनिबार बागमती प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

बागमती प्रदेश, कोशी  प्रदेश, गण्डकी  प्रदेश र मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने  कोशी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्ने छ । बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

  • न्युज बहार संवाददाता

थप