माघ २६, काठमाडौं । देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ केही दिन यता मौसममा आएको परिवर्तनले प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ । आज माघ २६ गते विहिबार प्रदेश १ प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने मौसम पुर्वानुमान शाखाले जानकारि दिएको छ।
प्रदेश नं. १, बागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का
हिमपातको सम्भावना कायमै रहेको छ भने शुक्रबार पनि बागमती प्रदेश र प्रदेश १ लगायत
अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य बदली देखि आंशिक बदली
भई देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै शनिबार देशका पहाडी र अन्य केही भू-भागमा आंशिक देखि
सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मौसम पुर्वानुमान
शाखाको जानकारी अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा
हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ भने अन्य स्थानमा मौसम सामान्य हुने छ ।