फागुन ७, काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले
जनाएको छ। पश्चिमी वायुको प्रभावले प्रदेश बागमती प्रदेशको र प्रदेश एकको पहाडी भू-भागमा आंशिक देखि
सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया
सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आईतबार दिउँसो गण्डकी प्रदेश र प्रदेश एकका उच्च पहाडी तथा
हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने प्रदेश एकको हिमाली क्षेत्रमा
राति पनि हल्का हिमपातको सम्भावना रहेको छ।
गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा
हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका एक-दुई
स्थानमा बिहानी पख हुस्सु लाग्ने सम्भावना भएको हुनाले मौसम सूचना तथा
पूर्वानुमानमा अद्यावधिक भइ आवश्यक साबधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।