असार २५, काठमाडौँ । अघिल्ला दिनको तुलनामा आज सोमबार र भोलि मंगलबार देशभर बढी पानी पर्ने मौसमविदहरुले पूर्वानुमान गरेका छन् ।
मौसमविदहरुका अनुसार लगातार झरी पर्ने सम्भावना भने रहेको छैन । मौसमविद रोजन लामिछानेले भने ‘आज र भोलि देशका धेरै स्थानहरुमा केहीबेर पानी पर्ने, रोकिने र फेरि पानी पर्ने हुनसक्छ।’
मौसमविदको भनाइ अनुसार मनसुनको न्यूनचापीय रेखा आफ्नो सरदर स्थानभन्दा फरक स्थानमा बढि सरेकाले अघिल्ला दिनको तुलनामा आज र भोलि धेरै पानी पर्ने सम्भावना रहेको हो।
- न्युज बहार संवाददाता