जेठ २, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहिरहेको छ। देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावले हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। अहिले गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
त्यस्तै आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने कोशी र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ मौम पुर्वानुमान छ। यता आज पूर्वी तराईका थोरै स्थानहरूमा पनि हावाहुरीको सम्भावना रहेको छ।
आज राति भने कोशी प्रदेशका एक दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
- न्युज बहार संवाददाता