बैशाख २५, काठमाडौँ । देशमा अहिले स्थानीय वायुको सामान्य
प्रभाव रहेको छ।
स्थानीय वायुको सामान्य प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भू-भागमा सामान्य हावाहुरीको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखआले जनाएको छ ।
- न्युज बहार संवाददाता