Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो हुनेछ आजको मौसम, केही स्थानमा हिमपातको सम्भावना ।

देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ .

  •   ४ वर्ष अघि | २१ माघ २०७९, शनिबार


माघ २१, काठमाडौं। आज देशका केहि हिमाली भागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जानकारि दिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेता पनि आज उल्लेखनीय कुनै मौसमी प्रणाली नहुँदा बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू-भागमा मौसम केही बदली हुने जनाएको छ । दिउँसो गण्डकी प्रदेश, बाग्मती प्रदेश, र कर्णाली प्रदेशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने जनाएको छ।

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि महाशाखाले बताएको छ ।

त्यसै गरी आइतबार पनि प्रदेश नं. १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने पुर्वानुमान माहाशाखाले जानकारी दिएको छ।

थप