साउन २३, काठमाडौँ । देशभर अहिले मनसुनी वायुको साथै प्रभाव रहेको छ। यसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।त्यस्तै लुम्बिनी प्रदेश, गण्डकी प्रदेश , बागमती प्रदेश मधेस प्रदेश र कोशी प्रदेशका एक दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश र मधेस प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राती लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका धेरै र बाँकी प्रदेशहरूको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता