बैशाख
१७, काठमाडौँ। काठमाडौं उपत्यका लगायत देशभर अझै तीन चार दिन वर्षाको सम्भावना
रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्
गंगा नगरकोटीले पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव देशभर रहेको र यस
प्रभावले गर्दा आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिएकी छिन।
सुदूरपश्चिम
प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागहरूमा अहिले आंशिकदेखि सामान्य
बदली रहि मेघगर्जन
र चट्याङसहित हल्का वर्षा भइरहेको उनले बताएकी छिन।
- न्युज बहार संवाददाता