जेठ २६, काठमाडौँ
। देशमा अहिले
पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक
प्रभाव रहिरहेको छ। पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक
प्रभावले कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम
पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यसैगरि आज राति पनि देशका पहाडी भू-भागको एक-दुई स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ महाशाखाले जानाकारी दिएको छ।
देशका तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघटेको कारण त्यहाँ अझै केही दिन 'लू' चल्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।
- न्युज बहार संवाददाता