चैत ७, काठमाडौँ
। देशमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान
महाशाखाले जनाएको छ ।
यस वायुको
प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा चट्याङसहित वर्षा
भइरहेको छ।
आज मंगलबार
दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही
स्थानहरूमा चट्याङ्गसहित असिना पानी पर्ने सम्भावना रहेको छ। यो क्रम मंगलबार राति
पनि जारी नै रहनेछ।
- न्युज बहार संवाददाता