माघ १३, काठमाडौँ
। आज काठमाडौँको तापक्रम यो वर्षकै न्यून भएको छ । काठमाडौँको तापक्रम आज बिहान
साढे ६ बजे २ डिग्री मापन गरिएको हो । यो तापक्रम यो वर्षकै
सबैभन्दा धेरै न्युन हो ।
आज बागमती
प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली
रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सफा रहनेछ।
आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी
प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना
रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भने तराईका अधिकांश स्थानहरूमा
हुस्सु लाग्ने हुँदा छ ।
- न्युज बहार संवाददाता