साउन २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मौसममा तत्काल उल्लेख्य सुधार नहुने जनाएको छ ।
आज र भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना महाशाखाले गरेको छ ।
‘मौसममा उल्लेख्य सुधार छैन, आज पनि सामान्यदेखि पूर्ण बदली छ भने भोलि पनि बदली सुधार हुने देखिँदैन।’ मौसमविद सन्जिव अधिकारीले भने ।
काठमाडौँमा अहिले पानी पर्न रोकिए पनि दिउँसो देखी मध्यम खालको वर्षाको सम्भावना रहेको उनले बताएका छन ।
पछिल्लो १२ घण्टामा बर्दियामा सबै बन्दा बढी वर्षा भएको छ ।
- न्युज बहार संवाददाता