असार ९, काठमाडौँ । शनिबार पछिल्लो ३ घण्टामा मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमामा भारी वर्षा मापन भएको छ।
कोखाजोर खोला लगायत सो क्षेत्र भई बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। एसएमएसमार्फत महाशाखाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
त्यसैगरी पछिल्लो ३ घण्टामा कास्कीको पोखरा, छोमरोङ, जुम्लेटी लगायत क्षेत्रहरूमा भारी वर्षा मापन भएको छ।
मोदी खोला, मार्दी खोला लगायत सो क्षेत्र भइ बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेकोले त्यस क्षेत्रमा रहने सम्पुर्णलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
- न्युज बहार संवाददाता