असोज १२, काठमाडौँ । शुक्रबार देखि निरन्तर
परेको वर्षाले काठमाडौँ उपत्यकामा रेकर्डब्रेक गरेको छ । काठमाडौँ उपत्यकामा आज वर्षकै
सर्वाधिक वर्षा भएको बताइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान
महाशाखाका अनुसार आज बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको हो । यो रेकर्ड
ब्रेक वर्षाले ठुलो धनजनको क्षति गराएको छ ।
शुक्रबार
देखि निरन्तर परेको वर्षाले तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँमा गरेर ३४
जनाको मृत्यु समेत भएको छ । बढीका कारण १५ जना घाइते छन् । प्रहरीका अनुसार ४८१
जनाको उद्धार गरिएको छ र २१ जना हराइरहेका छन ।
उपत्यकाको बागमती, नख्खु लगायतका सबै नदीमा आएको
बाढीले करिडोर सडक मात्र नभएर आसपासमा भएका संरचनामा समेत क्षति
पुर्याएको छ । शुक्रबार र शनिबार गरि काठमाडौँ उपत्यकामा यति धेरै वर्षा भयो कि
केही वर्षा मापन केन्द्रमा यस वर्षाले रेकर्ड नै तोडिएको छ ।
ललितपुरको
चापागाउँमा सबैभन्दा बढी वर्षा भएको छ ।
- न्युज बहार संवाददाता