कार्तिक २५, काठमाडौँ । आज शनिबार दिउँसो काठमाडौँमा पानी परेको छ।
अहिले काठमाडौँ उपत्यकाका एकदुई
स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यका सहित गण्डकी प्रदेश,
सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मौसम बदली भई हल्का वर्षा भइरहेको
महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौँका
एक/दुई स्थानमा भइरहेको वर्षा केहीबेरमा रोकिने छ। हल्का वर्षा भएएनि पानी परिसकेपछि काठमाडौँमा
तुलनात्मक रूपमा एक्कसी चिसो बढेको महशुस गरिएको छ।
- न्युज बहार संवाददाता