चैत १०, काठमाडौँ
। देशमा अहिले
स्थानीय वायु सँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।
अनुसार
आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा
आंशिक देखि सामान्य बदली रही अन्य
बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र
चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
आज शुक्रवार राति भने सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका
थोरै स्थानहरूमा
र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का
देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मेघ गर्जन र चट्याङ्गसहितको वर्षामा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको
छ।
- न्युज बहार संवाददाता