चैत १६, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभावले अहिले देशभर आंशिक देखि साधरणतया बदली रही गण्डकी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज शुक्रबार देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको र देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी आज शुक्रबार राति देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही देशका पहाडी भूभागका एक– दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको र कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता