मंसिर १८, काठमाडौँ। आज लुम्बिनी प्रदेश, सुदूरपश्चिम लुम्बिनी प्रदेश, कर्णाली लुम्बिनी प्रदेशका उच्च पहाडी भागहरुमा वर्षा र हिमपात भएको छ । दैलेख लगायत सुर्खेत जिल्लामा वर्षा पनि भएको छ ।
सिमकोटमा आज सोमबार बिहान ६ बजेदेखि नै हिमपात भइरहेको स्थानियले बताएका छन । हिमपात सुरु भइदेखीनै हिमपात भएका स्थानमा अत्यधिक चिसो बढेको छ । गएरातिदेखि आज बिहानसम्म वीरेन्द्रनगर र सुर्खेतको आसपासका क्षेत्रमा पानी परेको छ । स्थानीयका अनुसार दैलेखमा पनि पानी परेको छ ।
हिमपात र वर्षा हल्का खालको रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पश्चिमी वायुको प्रभावले हल्का हिमपात र हल्का वर्षा भइरहेको छ भने यसको प्रभाव आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ।
अहिले बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदलीको अवस्था रहेको छ । देशको राजधानि काठमाडौँ उपत्यकामा कहिले बादल कहिले घाम लाग्ने र भइरहेको छ । काठमाडौँमा घाम नलागेकोले चिसो बढेको महसुस गरिएको छ तर पानी पर्ने सम्भावना भने एकदम कम रहेको महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता