पुस ५, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको
छ। यसको प्रभावले हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम
प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा
रहेको छ भने तराईका थोरै स्थानहरूमा आज हुस्सु लागेको छ ।
आज
बिहिबार दिउँसो र राति देशभर आंशिक बदली रही सामान्यतया मौसम सफा रहनेछ।
महाशाखाले
देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध
समेत गरेको छ ।
- न्युज बहार संवाददाता