चैत ५, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु तथा पश्चिमी
न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
यसको
प्रभावले आज सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश
र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम
मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै माहाशाखाका
अनुसार सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली
भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता