असोज ६, काठमाडौँ । मौसमविदहरुका अनुसार यस वर्ष हिले दशैं हुने सम्भावना रहेको छ । मौसम पुर्वानुमन अनुसार यस वर्षको मनसुन बहिर्गमनको सम्भावना तत्काल नरहेको देखिएको छ। यही पुर्वानुमान अनुसार दशैंसम्म पनि पानी पर्न सक्ने बताइएको छ ।
दशैँसम्म नै
मनसुन रहि रहन सक्ने सम्भावना रहेको र छ ।
मनसुन रहने सम्भावना भने वर्षा हुन सक्ने सम्भावना रहन्छ भनिएको हो । जल तथा मौसम विज्ञान विभागकी
सूचना अधिकारी विभूति पोखरेलका अनुसार मौसम बारे पुर्वानुमन पछी दशैँ हिले दशैँ
हुन सक्ने सम्भावना रहेको हो।
यो वर्ष
भन्दा दुई वर्ष अगडी अर्थात सन् २०२२ मा पनि दशैँको टीकाको दिन देशका अधिकांश स्थानमा
वर्षा भएको थियो । यस वर्ष पनि मौसमविदहरुले मनसुनको प्रणालीलाई हेर्दा दशैँको
टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको बताएका छन ।
- न्युज बहार संवाददाता