Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल भित्रियो मनसुन, आज यी स्थानमा वर्षा

  •   २ वर्ष अघि | २९ जेष्ठ २०८१, मङ्लबार

जेठ २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव र बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

यसको प्रभावले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा मौसम सफा रहेको छ। 

अहिले कोशी प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखआले जनाएको छ ।

आज दिउँसो गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनच/ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार सरदरभन्दा तीन दिनअघि देखि नेपालमा मनसुन भित्रिएको छ । महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिएको छ। नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलन भने तीन दिन लाग्ने छ।

 

  • न्युज बहार संवाददाता

थप