साउन ८, काठमाडौँ । सप्तरी जिल्लाको केही स्थानमा भारी वर्षा मापन गरिएको छ। पछिल्लो ३ घण्टायता सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको हो।
सो क्षेत्र भई बहने खोलाहरूमा आकस्मिक बहाव हुन सक्ने भएकाले नदी तटीय क्षेत्रहरूमा र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आह्वान गरेको छ ।
- न्युज बहार संवाददाता