असोज
१५, काठमाडौँ । नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण जल तथा मौसम विज्ञान
विभागले किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ।
मनसुन अक्टोबर-२ देखि बाहिरिने
गरेको भए पनि यसपालि अझै मनसुन सक्रिय देखि रहेको छ।
आज मौसम बाहिरिने दिन अनुमान
गरिए पनि यसपालि मनसुन केही दिन लम्बिएको वरिष्ठ मौसमविद् वरूण पौडेल विभिन्न
विश्लेषणका आधारमा बताएका छन । उनले मनसुन बाहिरिन अझै झन्डै एक साता लाग्नसक्ने
अनुमान रहेको जानकारी दिएका छन ।
यो बेलामा किसानले अबको केही दिन मौसम बदली हुने र ठाउँ-ठाउँमा वर्षासमेत हुने भएकाले विशेष ख्याल गर्नुपर्ने पौडेलले बताएका छन ।
उनले भने ‘अहिले धानबाली भित्र्याउने मुख्य समय हो, काटेको धान छ भने भित्राइहालौं र काट्ने बेलाको धान छ भने केही दिन नकाटौँ, केही दिनपछी मात्र काटौँ।”
- न्युज बहार संवाददाता