फागुन ७,
काठमाडौँ । सोमबारदेखि शुक्रबारसम्म पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालको
धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ भने तराईका थोरै
स्थानहरूमा हुस्सु लागेको छ ।
सोमबार
देखि बुधबार सम्म उक्त पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै
जाने क्रममा यस प्रणालीको प्रभावका कारण गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमच
प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा कोशी प्रदेश र बागमती
प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्कादेखि मध्यम हिमपातको
सम्भावना रहेको छ ।
यसैगरि आज सोमबार कर्णाली
प्रदेश र सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै
स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको
सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता