भदौ २, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर न्यून चापीय क्षेत्रको प्रभाव रहेको बताएको छ । यसको प्रभावले मधेस प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने अहिले गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशको सबै स्थानका केही भुभागहरुमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज शनिबार राति भने गण्डकी प्रदेश, बागमती
प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा
चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता