भदौ १२, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। यसको प्रभावले हाल कोशी प्रदेश लगायत बाँकी भूभागमा सामान्य बदली देखी आंशिक बदली रहेको छ।
आज मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
आज राति भने गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता