फागुन १९, काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव
रहेको मौसम पुर्बानुमान महाशाखाले जानकारी दिएको छ। पश्चिमी वायुको कारण देशका पहाडी भू-भागमा
आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ।
शुक्रबार गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य
बदली रहनुका साथै देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम
सामान्यतया सफा रहनेछपुर्बानुमान शाखाले जानकारी दिएको छ।
मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना कोशी प्रदेश र
गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा रहेको छ भने देशका उच्च पहाडी तथा
हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता