साउन ९, काठमाडौँ । देशमा अहिले मनसुनी वायुको प्रभाव रहिरहेको छ। मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। आज चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको प्रदेशहरु सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश , लुम्बिनी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका केही स्थान हो ।
त्यसैगरी आज राति देशभर सामान्य बदली रही सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता