पुस १६, काठमाडौँ
। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव
रहेको छ । यसको प्रभावले सोमबार देशका पहाडी भू-भागमा आंशिक
बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी
प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना
रहेको छ भने तराईका भू-भागमा बिहानीपख हुस्सु/कुहिरोको कारण हुन सक्ने
चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध समेत गरेको छ ।
- न्युज बहार संवाददाता