Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

काठमाडौँमा यसपाली हिउँदको पहिलो वर्षा ।

साँखु, मुलपानि टोखा लगायत अन्य क्षेत्रमा पानी पर्न सुरू ।

  •   ४ वर्ष अघि | १४ फाल्गुन २०७९, आइतवार

फागुन १४, काठमाडौँ । आज आइतबार अपरान्ह काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाकी बरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आइतबारको वर्षा काठमाडौको लागी यसपालिको पहिलो हिउँदे वर्षा भएको जानकारी दिएकी छिन ।

कँडेलले भनिन् ‘अहिले भर्खर बाट साँखु, मुलपानि टोखा लगायत अन्य क्षेत्रमा पानी पर्न सुरू भएको छ। साँझसम्म काठमाडौं अरू ठाउँमा पनि छिटफुट वर्षा हुने सम्भावना रहेको छ, यो काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो।’

पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ भने पोखरा, लमजुङ, गोरखालगायतका क्षेत्रमा दिउँसो देखि नै हल्का वर्षा भएको छ।

मौसमविद् कँडेलले प्रि-मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन आग्रह समेत गरेकि छिन।

आज केही घन्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने अली धेरै समय मौसम बदली हुने सम्भावना रहेको उनले बताइन्। 

थप