Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजपनि देशका विभिन्न स्थानमा वर्षा हुने

  •   २ वर्ष अघि | २७ बैशाख २०८१, बिहिबार

बैशाख २७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । यसको प्रभावले अहिले देशभर आंशिक देखि साधरणतया बदली रही बागमती प्रदेश र कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग, हावाहुरीसहित  हल्का वर्षा भइरहेको छ ।

आज बिहिबार दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रही गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेश लगायत देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

त्यसैगरी आज राति देशभर आंशिक देखि साधरणतया बदली रही गण्डकी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश, कोशी प्रदेशका  थोरै स्थानहरूमा साथै बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

  • न्युज बहार संवाददाता

थप