Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

शनिबारसम्म मौसममा बदली जारी रहने, आइतबारदेखि क्रमशः सुधार

  •   ४ महिना अघि | १६ चैत्र २०८०, शुक्रबार

चैत १६, काठमाडौँ । भोलि अर्थात शनिबारसम्म केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली जारी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  अहिले भइरहेको मौसम बदली र वर्षा शनिबार सम्म जारी रही आइतबारदेखि मौसममा क्रमशः सुधार हुने बिभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबारदेखि न्यून चापीय वायुको प्रभाव कमजोर भई मौसममा सुधार हुने महाशाखाले जनाएको हो । 

स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण यी सबैको संयुक्त प्राभावले विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रिमनसुन सक्रिय भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताएका छन  भने यो क्रम आइतबारबाट सुधार हुने छ ।

आगामी २४ घण्टामा बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सक्ने हुनाले सतर्कता अपनाउन सबैमा अनुरोध छ ।

  • न्युज बहार संवाददाता

थप