Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

शनिबारसम्म मौसममा बदली जारी रहने, आइतबारदेखि क्रमशः सुधार

  •   २ वर्ष अघि | १६ चैत्र २०८०, शुक्रबार

चैत १६, काठमाडौँ । भोलि अर्थात शनिबारसम्म केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली जारी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  अहिले भइरहेको मौसम बदली र वर्षा शनिबार सम्म जारी रही आइतबारदेखि मौसममा क्रमशः सुधार हुने बिभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबारदेखि न्यून चापीय वायुको प्रभाव कमजोर भई मौसममा सुधार हुने महाशाखाले जनाएको हो । 

स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण यी सबैको संयुक्त प्राभावले विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रि–मनसुन सक्रिय भएको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताएका छन  भने यो क्रम आइतबारबाट सुधार हुने छ ।

आगामी २४ घण्टामा बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सक्ने हुनाले सतर्कता अपनाउन सबैमा अनुरोध छ ।

  • न्युज बहार संवाददाता

थप